शहिद ब. क्याम्पसको महायज्ञ: शनिबार हजारौंको उपस्थिति, लाखौं रकम दान सहयोग
पाल्पा ।
सीपमुलक शिक्षा छात्राबास स्थापनाका लागि शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा आयोजित श्रीमद्भागवत ज्ञानमहायज्ञमा शनिवार अहिलेसम्मकै धेरै भक्तजनको सहभागिता रहेको छ ।
गत पुस १६ देखि क्याम्पस प्राङ्घण किसानबारीमा भएको महायज्ञमा शनिबार हजौं श्रद्धालुभक्तजनहरुको उल्लेख्य ले सहभागीता थियो । धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवका रुपमा रहेको कार्यक्रममा भक्तिभावमा रमाउन, प्रबचन सुन्न तथा सक्दो सहयोग गरि पुण्य प्राप्ति गर्ने अभिलाषामा र शैक्षिक उन्नयनमा थप सहयोेग पुर्याउन भक्तजन महायज्ञ स्थलमा पुगेका थिए ।
पाल्पा सहित स्याङजा, तनहुँ र नवलपरासी जिल्लाका विद्यार्थी पढ्न आउने यस क्याम्पसमा टाढाको विद्यार्थीलाई सहज र सुलभको लागि छात्राबास निर्माण, सिपमुलक शिक्षा र संकाय थपको लागि महायज्ञ आयोजना गरिएको हो । धनधान्याञ्चल महायज्ञमा यज्ञ स्थलको पण्डालमा अबस्थित यज्ञ, तुलादान, धानदान, बैतर्नी स्थल, रुद्रीपुजा लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम र मुल पण्डितद्धारा बाचन भइरहेको कथाबाचन श्रवण गर्न र झाँकी हेर्न दर्शकको भिडभाड बढेको हो ।
शनिबार सचिवालय दान रकम बुझाउनको भ्याईनभ्याई भएको थियो । महायज्ञमा धानको रास चुलिएकोे छ । धान संकलन जारी छ । गण्डकी वेशी क्षेत्रको विभिन्न ८१ स्थानमा रहेका धान संकलन केन्द्रहरुबाट दान गरिएका धान आउने क्रम तिब्र छ । हाल सम्म ६ सय ७ मुरी १२ पाथी धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिनुभयो । धान दान गर्नुहने दाताहरुलाई पनि पण्डित तथा आयोजकबाट सम्मान गरिदै आएको छ ।
शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको महायज्ञमा शनिबार मात्र ३० लाख ७५ हजार ८ सय ७४ रुपैयाँ दान संकलन भएको थियो । शुक्रबार ३१ लाख ९८ हजार रुपँया संकलन भएको थियो । “शहीद क्याम्पसको चाहना, संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना” भन्ने नाराका साथ चलिरहेको महायज्ञमा हाल सम्म १ करोड ३७ लाख २८ हजार ६ सय ८४ रुपैयाँ ७७ पैसा बराबरको दान संकलन भएको महायज्ञ सचिवालयले जनाएको छ ।
शनिबार रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयबाट ९५ हजार ७ सय ६० रुपैयाँ, रामपुर नगरपालिका ७ कठान बस्ने टिका प्रसाद श्रेष्ठ बाट ६१ हजार रुपैयाँ, रामपुर नगरपालिका ३ बस्ने खगेश्वर पाठक र मनिकुमारी पाठकबाट ५५ हजार ५ सय ५५ रुपैयाँ, रामपुर नगरपालिका ७ बहखोला बस्ने धनराज गौतमबाट ५३ हजार ३ सय ५३, गैडाकोट न.पा. २ बस्ने ज्योती पौडेल, सूर्य कुमारी पौडेल र तेजकुमारी पौडेलबाट ५१ हजार ५ सय ५५्र रुपयाँ, रामपुर नगरपालिका ७ बस्ने बालकृष्ण लम्सालबाट ५१ हजार १ सय ५० रुपैयाँ, रामपुर नगरपालिका ५ रानाटोल बस्ने कृष्ण कुमारी रानाबाट ५० हजार ५ सय ५५ रुपैयाँ र रामपुर नगरपालिका ७ बस्ने थमनाथ पोखरेलबाट ५० हजार ५ सय ५५ दान प्राप्त भएको छ ।उहाँहरु सहित शनिबार २ सय ७६ जना व्यक्ति तथा संघसंस्थाबाट महायज्ञमा दान संकलन भएको मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
महायज्ञ उट्घाटनको दिन रामपुर नगरपालिकाबाट घोषणा भएको ५१ लाख ५१ हजार ५सय ५१ सहित ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो । प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले घोषणा गर्नु भएको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान संकलन भएको थियो ।
महायज्ञमा हाल सम्म धेरै दान गर्नु भएका रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई सभानायकमा रहनु भएको छ ।
शनिबार महायज्ञका प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले सबैलाई जोड्ने महायज्ञको उत्साह निकै आनन्दित रहेको बताउनुभयो । उहाँले निस्दी गाउँपालिकाले कार्यपालिकामा छलफल गरी क्याम्पसको लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भई रहेको छ ।साथै दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजन कृतन भैरहेको छ । महायज्ञ यही पौष २३ गते सम्म सञ्चालन हुनेछ । यस अघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको छ ।