2

Logo २०८३ बैशाख १४ सोमबार
शहीद बहुमुखी क्याम्पसमा जारी धनधान्यान्चल श्रीमद्भागवत ज्ञानमहायज्ञमा झण्डै ७५ लाख दान संकलन

शहीद बहुमुखी क्याम्पसमा जारी धनधान्यान्चल श्रीमद्भागवत ज्ञानमहायज्ञमा झण्डै ७५ लाख दान संकलन


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १८ २०८१
3.7K

यज्ञको तेस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा दान रकम र १ सय ४० मुरी १२ पाथी धान दान प्राप्त भएको हो ।

तेस्रो दिन शहीद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा दान गर्नु भएको छ । यो तेस्रोदिनको ठूलो रकम दान हो । रामपुर नगरपालिका ७ कठान निवासी डिल्लीराम रेग्मी र उहाँको परिवारबाट ५५ हजार ५ सय ५५ दान गर्नुभएको छ । साथै विभिन्न व्यक्ति र संघ संस्था, समुहले दान दिनु भएको छ । महायज्ञको दिन घर्किदै जादा महायज्ञ तथा धार्मिक महोत्सवमा पाल्नुहुने व्यक्तिहरुको संख्या बढिरहेको छ ।

महायज्ञले धार्मिक, आध्यात्मिक चेतना सहित शैक्षिक विकास र यसभेगका सन्तति पढ्ने थलोको रुपमा बिकास गर्न संकाय थप, सिपमुलक शिक्षा र छात्राबास व्यबस्थाको मुख्य उद्देश्य लिएर अघि बढेको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा क्याम्पस सञ्चालन समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो ।

महायज्ञको पहिलो दिन रामपुर नगरपालिकाले ५१ लाख ५१ हजार ५ सय ५१ रुपैया र नगद २ लाख १६ हजार ८ सय ५२ रुपैया गरी ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो । दोस्रो दिन जग्गा सहितको १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ बराबरको दान संकलन भएको थियो ।

यस्तै महायज्ञमा विहिबार ८ वटा धान संकलन केन्द्र बाट १ सय २८ मुरी ५ पाथी, यज्ञस्थलमा अन्य भक्तजन बाट प्राप्त भएको १२ मुरी ७ पाथी गरी १ सय ४० मुरी १२ पाथी धान संकलन भएको धान दान संकलन समितिका संयोजक ऋषि रेग्मीले जानकारी दिनुभयो । हाल सम्म ३ सय १५ मुरी धान बिभिन्न केन्द्रमा संकलन भैसकेको र यज्ञ स्थलमा ल्याउने कार्य भैरहेको रेग्मीले बताउनुभयो ।

विहिबार विभिन्न स्थानबाट महिला समुह, संघ संस्थाका प्रतिनिधि सहित श्रद्धालुहरु कथा श्रवण र दानका लागि महायज्ञ स्थल शहीद क्याम्पस परिषर पुगेका थिए । विहिबारको सभानायकमा बुधबार सबैभन्दा धेरैदान गर्नु भएका रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई रहनु भएको थियो । शहीद क्याम्पसको चाहना संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना भन्ने नाराका साथ सञ्चालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भईरहेको छ ।

महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम भईरहेको छ । महायज्ञ यही पौष २३ गते सम्म सञ्चालन हुनेछ । यस अघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले बताउनुभयो ।

आगामी पुस २३ गते सम्म हुने महायज्ञमा दान संगै विभिन्न सम्मानका कार्यक्रम भईरहेको छ । दान अनुसारको सम्मानको व्यबस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com