2

Logo २०८३ बैशाख १३ आइतबार
संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नुपर्छ- उपप्रधान तथा शहरी विकास मन्त्री सिंह

संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नुपर्छ- उपप्रधान तथा शहरी विकास मन्त्री सिंह


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १६ २०८१
1.4K

पाल्पा

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने  छन ।

मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै उनले संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनु पर्ने पनि  बताए । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा चर्चा गर्दै उहाँले काँधमा आएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन ।

सिंहले ०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्केका वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरुको स्वागतमा विमानस्थल पुगे पनि प्रहरीले सिधै गिरफ्तार गरेको सन्दर्भ स्मरण गरेका छन ।  ‘प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता हामीलाई चाहिन्छ । त्यतीले मात्र पुग्दैन राष्ट्रियता पनि बलियो हुनुपर्छ भन्नेमा उहाँहरुले जोड दिनुभएको थियो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आजको दिनमा हामीहरुले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण,सम्वद्र्धन गनुपर्छ ।’ त्यसका लागि नेपाली कांग्रेस पार्टीलाई आउँदै गरेको चुनौति सामना गर्न सक्षम, प्रभावकारी र व्यवस्थित पार्टी बनाउनतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए ।

लोकतन्त्र सुदृढ गर्न र राष्ट्रियता मजबुत बनाउन सक्ने गरि कांग्रेसलाई अगाडी बढाउन सके संस्थापक अग्रज नेताहरुको साँचो सम्मान हुने पनि उनको भनाइ छ । प्रजातन्त्र बचाउने र राष्ट्रिय बलियो बनाउने नीति लिएर कांग्रेस अघि बढ्नुपर्नेमा सिंहले जोड दिए ।

‘तत्कालिन समयमा दक्षिण एसियाका देशहरुमा अस्थिरता बढेको र राष्ट्रियतानै संकटमा परिरहेको थियो । त्यसबेला वीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देशको राष्ट्रियता जोगाउनका लागि चुनौति मोलेरै स्वदेश फर्कनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो,’ सिंहले भने, ‘राष्ट्रियता माथि नै आँच आउन सक्ने सम्भावना भएकाले प्रजातन्त्रवादीहरुले त्यस्तो अवस्थामा दुख कष्ट गरेर भएपनि राष्ट्रियता जोगाउन देशभित्रै बस्नुपर्छ भन्ने नीति लिएर आउनुभयो ।’

कांग्रेसका संस्थापक नेताहरुले प्रतिपादन गरेको सिद्धान्त र स्थापित गरेको प्रजातान्त्रिक  मूल्य मान्यताको कदर गर्नुपर्ने पनि उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com