त्रिभुवन बिश्वबिद्धालयबाट १४ हजार विद्यार्थी दीक्षित
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी भएका छन् । आज (शनिबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वर्ण महोत्सवका रुपमा त्रिविले दीक्षान्त समारोहको आयोजना गरेको हो ।

यस पटक दीक्षित हुन योग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) संख्या ७४ हजार ४५ भए पनि १४ हजार ३०७ विद्यार्थी मात्र दीक्षान्त समारोहमा सहभागी भएका हुन् ।
गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए ।