रामपुर उद्योग वाणिज्य संघ आफ्नै भवनमा, महोत्सवको तयारीमा तिब्र
पाल्पा ।
संघीयता संगै रामपुर नगरपालिका स्तरीय उद्योग बाणिज्य संघको स्थापना भएको संघ आफ्नै भवनमा सरेको छ । जग्गा प्राप्तिको लामो कसरतपछि भवन निर्माण गरेको संघले यस समितिको २९ औं बैठक आफ्नै कार्यालयमा बसेको छ ।
रामपुर नगरपालिका घोषणा भए संगै महासंघको बिद्यानमा रहेको प्राबधानलाई टेकेर २०७२ सालमा उद्योगी व्यबसायीको भेला बसेको थियो । तत्कालिन समयमा भाद्र १६ गतेका दिन असेको भेलाले हालका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

२०७२ असोज २४ गते जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता भई रामपुर उद्योग वाणिज्य संघ स्थापना भएको ९ बर्ष भवन बनाउन सफल भएको हो । भवन निर्माण संगै ढकालकै अध्यक्षतामा तेस्रो कार्यकालको २९ औं कार्यसमितिको नियमित बैठक बसेको छ । बैठकले जग्गा प्राप्ति पछि भवन निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद सहित महासंघ सदस्यताको अन्तिम चरणमा पुगेको जनाएको छ ।
संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सस्था स्थापना कालदेखि हाल सम्मका पदाधिकारी, कार्यसमिति, सल्लाहकार, जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, उद्योगी व्यवसायीलाई धन्यवाद दिदै आगामी माघ १५ गतेदेखि आयोजना हुने चौथो रामपुर महोत्सवलाई सबैले सघाउन र अब सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।
संघका महासचिव खिम बहादुर केसी पुरुषोत्तमले रामपुरको थप चिनारी र संभावनाका लागि हुने महोत्सवको तयारी भईरहेको र अब उपसमिति परिचालित भई तयारीलाई तिब्र पार्ने जनाउनुभएको छ ।