2

Logo २०८३ बैशाख १३ आइतबार
गृहमन्त्री रमेश लेखकबाट इलाका प्रशासन कार्यालय रामपुरको भवन उद्घाटन

गृहमन्त्री रमेश लेखकबाट इलाका प्रशासन कार्यालय रामपुरको भवन उद्घाटन

रामपुरबाटै राष्ट्रिय परिचय पत्र र राहदानी सेवा शुरु

सीता डोटेल प्रकाशित मिति : बुधबार, पौस ३ २०८१
3.5K

पाल्पा ।

पाल्पाको पुर्व भेग रामपुरमा स्थापना भएको इलाका प्रशासन कार्यालय रामपुरको नबनिर्मित भवनको गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गर्नुभएको छ ।

नबनिर्मित भवन निर्माण भई हस्तान्तरण गरे संगै गत साउनबाट आफ्नै भवनमा सेवा शुरु गरेको कार्यालय भवनको गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको हो । यसैबीच गृहमन्त्री लेखकले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र र राहदानी सेवाको पनि शुभारम्भ गर्नुभयो ।

२०७३ साल असार १० गते पाल्पाको पुर्व क्षेत्र समेटेर रामपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । ३ स्थानसम्म सर्दै भाडाको घरबाट सेवा दिदै आएको इलाका प्रशासन कार्यालयले भवन निर्माण सम्पन्न गरि गत साउन ७ गतेदेखि आफ्नै कार्यालयबाट सेवा दिन शुरु गरेको थियो। इलाका प्रशासन कार्यालय रामपुरले हाल रामपुर नगरपालिकाका १० वटै वडा, निस्दीको १ देखि ६ वडा नम्बर र पुर्वखोला गाउँपालिकाको १ नम्बर वडा गरि १७ वडालाई सेवा दिदै आएको छ ।

२०७७ साल माघ १३ गते पुर्जा पाएकोमा २०७९ साल असार २२ गते बाँसुरी मोबाइल जे.भी.सँग ठेक्का सम्झौता भएर भवन निर्माण शुरु भएको थियो ।

डिपिआर कर्मचारी सहित कुल ४ करोड ५६ लाख ७७ हजार ५ सय ७१ रुपँयाको लागतमा गत २०८१ असार २२ मा निर्माण सम्पन्न भई हस्तान्तरण गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा अन्तर्गत रहेको भवन ठेकेदार भुक्तानी  ४ करोड ३४ लाख ८९ हजार ८ सय ८९ रुपैयामा  भएको हो ।

जिल्ला प्रशासन कार्यालयकै स्टक्चरमा निर्माण भएको साढे २ तले भवनमा क्वाटरदेखि कर्मचारीहरुलाई छुट्टाछुट्टै कोठाबाट सेवा दिन सहज भएको पालप प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले बताउनुभयो । तल्लो तलामा ५ कोठा, बिचमा ५ र माथिल्लो तलामा हल सहितको ३ कोठा छ बनेको छ, उहाँले भन्नुभयो- कार्यालय पसे लगत्तै सेवाग्राहीलाई बस्ने पर्खने हल पनि छ।

स्थापनाको झण्डै दशकमा निर्माण भएको आफ्नै भवनबाट सेवा दिदा सेवाग्राहीलाई सुबिधा भएको सेवाग्राही बिष्णु केसीले बताउनुभयो ।

कार्यालय स्थापनादेखि पटक-पटक गरि ३ वटा घरबाट सेवा दिएकोमा अहिले सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउदा निकै सहज भएको इलाका प्रशासन कार्यालयका प्रमुख गणेश बहादुर कार्कीले बताउनुभयो । भाडाको घरमा एकैठाउँमा बसेर सेवाग्राहीलाई उभ्याएर सेवा दिनु पथ्र्याे अहिले सेवाग्राहीलाई कार्यालय छिरेसँगै बस्न, पर्खन मिल्ने हुँदा सेवाग्राहीलाई पनि सहज भएको बताउनुभयो ।

इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख, एक नासु, दुई खरिदार, सहलेखापाल र कम्प्युटर अपरेटर र सहयोगी दरबन्दीको व्यवस्था छ । हाल दैनिक ६५ देखि ७० वटा नागरिकता, द्रुत राहदानी, जनजाति आदिवासी, दलित तथा नाबालिक प्रमाणित साथै संस्था नविकरण हुदै आएको छ ।

इलाका प्रशासन कार्यालय रामपुर २०७३ सालमा गाविस कार्यालयको कच्ची भवनमा तत्कालिन  गृहमन्त्री शक्ति बस्नेतले कार्यालय उद्घाटन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com