तिलोत्तमाका मेयरद्दारा आफुले पाउने तलव भत्ता सामुदायिक बिद्यालयका विद्यार्थीलाई
रुपन्देही ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले आफुले पाउने तलव भत्तालाई जम्मा गरेर सामुदायिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्नुभएको छ । करिव १५० जना विद्यार्थीलाई बिशेष रकम सहित बृहत नगर प्रमुख छात्रवृत्ति कार्यक्रम प्रदान गरिएको हो ।
सोही अबसरमा नगरपालिका भित्रका उत्कृस्ट विद्यार्थीलाई समेत सम्मान गरिएको छ। नगर प्रमुखमा निर्वाचित भएर आएपछि पहिलो निर्णय दिवा खाजामा १० रुपैया बढाएर २५ रुपैया निर्णय गराउनु भएको थियो ।
नेपाल सरकारले दिएको ५ कक्षा सम्मको दिवा खाजालाई ६ कक्षा सम्म खान दिने निर्णय समेत गर्नुुुभएकोले पहिलेको अनुपातमा सामुदायिक बिद्यालयमा पढ्ने र भर्ना गर्ने दर सकारात्मक रुपमा बढेको छ।
नगरप्रमुख खाणले आफुले पाएको तलब तथा विभिन्न कार्यक्रमको भत्ता एकमुष्ट रुपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएकोहो । सामाजिक काम गर्न भनेर आइसकेपछी राज्यको सम्पत्ति नागरिकको कर व्यक्तिगत कार्यमा नलिने भन्दै सामाजिक र हितमा लगाएको नगरप्रमुख खाणले बताउनुभयो ।