शहीद बहुमुखी क्याम्पस रामपुरमा धनधान्याञ्चल श्रीमदभागवत ज्ञानमहाज्ञय एवम धार्मिक महोत्सव हुने
पाल्पा ।
शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा धनधान्याञ्चल श्रीमद भागवत ज्ञानमहाज्ञय एवम धार्मिक महोत्सव हुने भएको छ । संकाय थप सिपमुलक शिक्षा र छात्रावासको स्थापनाका लागि क्याम्पसले गर्ने महायज्ञ मुल आयोजक समिति तथा प्रचारप्रसार समितिले पत्रकार सँग छलफल गरेको छ । आगामी पौष १६ देिख २३ गते सम्म हुने महायज्ञको तयारी तथा प्रचारप्रसारका विषयमा मूल आयोजक समितिले सोमबार छलफल गरेको हो ।
मूल आयोजक समितिका अध्यक्ष नेत्र भट्टराईले छलफलमा मुल आयोजक समितिको कार्यप्रगति र आगामी दिनमा प्रचार प्रसारलाई तिब्र बनाउन प्रचारप्रसार समिति तथा तुल व्यानर व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । महायज्ञ सफल र सम्पन्न बनाउन सञ्चारकर्मीको भुमिका महत्वपुणर् हुने बताउदै गण्डकीबेशीको गरिमा बोकेको क्याम्पसको स्तरउन्नतिका लागि सहयोग र सहकार्य गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले महायज्ञ सन्चालनका लागी ३० वटा उपसमिति गठन गरि काम अघि बढेको र प्रचार प्रसारका लागि विभिन्न ठाउँमा व्यानर तथा प्रचार प्रसार सामाग्री वितरण गर्ने कार्य पनि अगाडी बढेको बताउनुभयो ।


क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले मिडियाको महत्वपुणर् साथ लिएर महायज्ञ सफल पार्ने बताउनुभयो । सञ्चालन समिति सदस्य राम प्रसाद ढकालले क्याम्पसको संकाय थप, सिपमुलक शिक्षा र छात्रावास स्थापना गर्नेका लागी महायज्ञ सन्चालन हुने भएकाले प्रचार प्रसारका लागी लाग्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो । प्रचार प्रसार समिति संयोजक यम बहादुर सुनारले गण्डकीबेशीको गहना आगिंक क्याम्पसको स्तरउन्नतिमा समुदाय नै जुरमुराउने भन्दै यसमा सबैले साथ दिन अनुरोध गर्नुभयो ।
महायज्ञमा दान सहयोग तथा सम्मानको विषयमा जानकारी दिइएको थियो । महायज्ञमा बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलद्धारा झाँकी तथा सांस्कृतिक झाकी सहित कथा बाचन गर्नुहुनेछ । भने संकल्पकर्ता चन्द्रप्रसाद बस्याल रहनुहुनेछ । महायज्ञमा सभानायक तथा कर्ता बन्ने प्रावधान , महायज्ञका अनुष्ठानहरु बारेमा जानकारी दिइएको थियो । कार्यक्रम सञ्चालन प्रसार प्रसार उपसमितिका सदस्य आवास भट्टाराईले गर्नुभएको हो ।