असिमित प्रतिभाकी धनी बाल सामाजिक अभियान्ता प्रिन्सा रेग्मी पाल्पामा
पाल्पा ।
कम उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान गरेकी पोखराकी प्रिन्सा रेग्मीले पाल्पाको रामपुरमा आयोजिक सोच सुगन्धको सकारात्मकमाव विद्यार्थीलाई उत्प्रेरणा दिएकी छन् ।
उत्तर बाहिनी टेक्निकल ईन्स्टिच्युटको आयोजना, रामपुर जेसिज लगायत विभिन्न संघसंस्थाको सहकार्यमा भएको कार्यक्रममा सकारात्मक सोच, असल व्यक्तित्व, नेतृत्व, सत्कार्य,आत्मविश्वास र सेवाभावले मानब मानब हुने बताइन् । व्यक्ति र व्यक्तित्व फरक रहेको बताउदै रेग्मीले व्यक्तित्व कायम गर्न सदैव सत्मार्गमा आफुले आफुलाई डो¥याउनुपर्ने बताइन् । अरुले देखाएको बाटोले सही मार्ग पायो भने पनि अरुको चाहना पुरा हुने भन्दै सत्मार्गमा लाग्ने प्रेरणाका बिच आफैले आफुलाई चलाउनुपर्ने र सही रुपमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।

सानै उमेरमा सेवाभाबले विश्व सामु चिनिएकी प्रिन्सा रेग्मी नेपाली मात्र नभई अन्य देशमा पनि पे्ररणाको प्रेरक बनेकी छन् । ८ बर्षको उमेरमा नै विभिन्न मञ्चबाट देशका नेता, नेतृत्वदेखि दिग्गजहरुलाई प्रेरक भनाईबाट आकर्षित गरेकी पोखरा कास्की निवासी प्रिन्साले कोभिड महामारीमा समाजलाई बचाउन मास्क, गरिब बिद्यार्थीलाई शैक्षिक सामाग्री, खाद्यान्न र लत्ताकपडा बितरण उनको समाजिक सेवाभावको खुड्किलो थियो । अभिभावकले दिएको खाजाको रकमबाट थोरै–थोरै बचत गरेर उनले सेवा गर्दै आएकी थिइन् ।
सोही सेवाभावलाई स्मरण गर्दै रेग्मीले धन सम्पत्ति कमाउने तिर होइन अरुलाई दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
रामपुर नगरपालिकाका मेधावी विद्यार्थीलाई सकारात्मकता, नेतृत्व र आत्मवश्विास जगाउने उद्देश्यले रामपुरको श्रीनगर होटेलमा आयोजना गरिएको कार्यक्रममा कक्षा ७ मा अध्ययनरत उनले विद्यार्थीको लगनशीलता, पढाईसँगै बाह्य ज्ञानसीपमा पनि दक्ष हुन प्रेरित गरिन् ।

बिलक्षण प्रतिभाकी खानी प्रिन्साको प्रतिभाको कदर गर्दै नेपाल सरकार सहित विविध संघसंस्थाले सम्मान तथा पुरस्कृत गर्दै आएको छ । प्रिन्सा दुवईमा भएको ग्लोबल चाइल्ड प्रोड्जी अवार्ड २०२२ बाट सम्मानित भईसकेकी छन् भने नबिल बैंकले जेन अल्फाको ब्राण्ड एम्बेसडरमा नियुक्त गरिसकेको छ । उनी नेपालीहरुको लागि प्रेरणा बनेकी छन् भने विश्वका धेरै देशमा प्रेरणा र प्रेरकका रुपमा उनले आफ्नो अभिव्यक्ति दिदै सकारात्मक सोचको विकास र सफलताको कडीका रुपमा विकसित गर्न प्रेरणा जगाएकी छन् ।

कार्यक्रममा मनोचिकित्सक डा.तिर्थ लुइटेलले सोच विकास र सन्देशमुलक अभिव्यक्ति दिनुभएको थियो ।
स्प्रष्ट वक्ता तथा युवा नेता सन्दिप रानाले ज्ञान र सीपको खानी, मौलिकता र देशको माटो सम्झेर सत्मार्गमा लाग्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको युगमा प्रविधि प्रयोग गर्दैै साथै परम्परागत राम्रा मुल्य मान्यता मौलिकतालाई जोगाइराख्नुपर्ने उहाँको भनाई थियो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अहिलेका युवाहरुमा सकारात्मक पहलकदमीको आशा रहेको बताउनुभयो । आजका विद्यार्थी होनहार हुन् उहाँले भन्नुभयो समाजमा सही सन्देश पु¥याउन विद्यार्थी भुमिका मुख्य हुन्छ । नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सामाजिक कार्यमा विद्यार्थीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
नेपालकै चर्चित र विद्यार्थी माझ उत्प्रेरणा जगाउने, उमेरले सानो तर बिचार र कर्मले महान् उच्च प्रिन्सालाई रामपुरका बिद्यार्थीमाझ बिचार राख्न सुन्न र बुझ्न पाउनु महत्वपुर्ण भएको रामपुर जेसिजका अध्यक्ष जेसि शंकर बहादुर खाँणले बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका भित्रका विभिन्न विद्यालयका सयौं बिद्यार्थी सहभागी थिए । नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्राचार्य, शिक्षक, सामाजिक संस्थाका प्रतिनिधि, जेसी प्रतिनिधि लगायतको सहभागीता रहेको कार्यक्रम संयोजक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम उत्तरबाहिनी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष गोपिकृष्ण रेग्मीको अध्यक्षतामा भएको हो । अध्यक्ष रेग्मीको प्रतिभाको प्रशंसा गर्दै हरेक बच्चा र बालमस्तिष्कलाई आफ्ना घरपरिवार र अभिभावकले सकारात्मक बन्न तर्फ प्रेरणा दिनुपर्ने बताउनुभयो । यसैबिचमा आयोजकले प्रिन्सा रेग्मी सहितका बक्ता एंव कार्यक्रम सफल पार्न सघाउने सबै संघसंस्था र व्यक्तिलाई मायाँको चिनो सहित सम्मान गरेको छ ।
