कपिलवस्तुका फुटबल खेलाडी न्यौपानेको स्कुटर दुर्घटनामा निधन
कपिलवस्तुका फुटबल खेलाडी न्यौपानेको स्कुटर दुर्घटनामा निधन
946
कपिलवस्तु ।
जिल्लाको बाणगंगा नगरपालिका–६ निवासी र चर्चित फुटबल खेलाडी निशान न्यौपानेको सोमबार राति स्कुटर दुर्घटनामा निधन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, लु ३२ प ३०१ नम्बरको स्कुटरमा सवार न्यौपाने बनगाईबाट बनकसियातर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। स्कुटर अनियन्त्रित भएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।
घटनास्थलबाट उनलाई तुरुन्तै उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजेतिर उनको निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट