स्याङ्जा सहयोग समाज कतारको नयाँ नेतृत्वमा अर्याल
कतार ।
“स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको स्याङ्जा सहयोग समाज कतारको नवौ अधिबेशनले घनश्याम अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
गत शुक्रबार सनैया ३३ स्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा समिति निर्विरोध चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा शिवराम ढकाल, प्रथम उपाध्यक्षमा टेक बहादुर नेपाली (गैह्रे), द्वितीय उपाध्यक्ष नगेन्द्र प्रसाद रिमाल, तृतीय उपाध्यक्ष लोकेन्द्र सिक्देल, महासचिव रोशन अर्याल, सचिव सागर सुनार, सचिव छविलाल तिवारी, कोषाध्यक्ष दिपक सुवेदी, सह कोषाध्यक्ष महेश लामिछाने रहनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा धन बहादुर पुरकोटी, किरण बि क, बालन परियार, दिपक कामी, चोम बहादुर परियार, पंकज बि क, दिपक कुमार बि क, धिरज बिक्रम शाही, टोपलाल पाण्डे, दिपक गैह्रे र बुद्धि प्रसाद ढकाल चयन हुनुभएको छ ।
स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारको अध्यक्षतामा भएको कार्यक्रममा परियारले आफ्नो कार्यसमितिलाई धन्यवाद दिदै नयाँ समितिलाई बधाई र निरन्तर सहयोग गर्ने बताउनुभयो ।