2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल-भारत मैत्री संगठनको चितवन जिल्ला शाखा गठन

नेपाल-भारत मैत्री संगठनको चितवन जिल्ला शाखा गठन


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१
1.2K

चितवन ।

नेपाल भारतबीच जनस्तरमा सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले स्थापना भएको नेपाल-भारत मैत्री संगठनको चितवन जिल्ला शाखा गठन भएको छ । शनिबार बसेको भेलाले तेजेन्द्र प्रसाद पौडेलको अध्यतामा समिति गठन गरेको हो ।

संगठनका अन्तराष्ट्रिय अध्यक्ष अनुप कुमार परमार, महासचिव सम थापा तथा सस्थापक सदस्य एवं धार्मिक अभियन्ता प्रेमनिधी भारद्वाज लगायतको उपस्थितिमा जिल्ला स्तरीय भेला आयोजना गरि पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो।

समितिको उपाध्यक्षहरुमा कल्पना पौडेल (खड्का) बाबुराम गैरे, सचिव राजकुमार लामिछाने, सह-सचिव दिनेश प्रसाद बढु, कोषाध्यक्षमा चन्दना कोईराला रहनु भएको छ भने सदस्यहरुमा अजित अधिकारी, खोतराज घिमिरे (गुन्जन) , बिष्णु प्रसाद कंडेल लगायत रहनु भएको छ।

भेलालाई सम्बोधन गर्दै संगठनका अध्यक्ष एवं भेलाका प्रमुख अतिथि अनुप कुमार परमारले नव गठित समितिलाई बधाई दिदै सफल कार्यकालको कामना ब्यक्त गर्नुभयो।

यसैगरी, संगठनका महासचिव सम थापाले संगठनको उदेश्य तथा औचित्यमाथि प्रकाश पार्दै दुई देशबीचका जनताको अधिकतम हितका लागि यो संगठनको परिकल्पना गरिएको बताउनुभयो । सीमाक्षेत्रका जनताले भोग्नु परेको समस्या एवं जनस्तरमा रहेर एक अर्काका मुलुक जादाँ भोग्नु परेका समस्याको समाधानमा संगठनले खेलेको भूमिकाको प्रकाश पार्नुभयो । संगठनका माध्यमबाट नेपालको धार्मिक पर्यटनमा ठुलो योगदान पुगेको जानकारी गराउदै निकट भविष्यमा हुन लागेको गण्डकी र गंगाको संगमस्थल हरिहरनाथ (बिहार) देखि मुक्तिनाथ सम्मको प्राचीनकालमा ऋषि महर्षिबाट हुने गरेको यात्राको पुनराबृति हुने र बिगत १२ वर्ष देखि हुदै आएको यात्रालाई निरन्तरताका साथ यस वर्ष हुन लागेको यात्रा र सो क्रममा समितिले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउनुभयो ।

संगठनका संस्थापक सदस्य एवं धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजले यस संगठनले दुईदेश बीचको धार्मिक सम्बंधमा एवं सनातन संस्कृती को जगेर्नामा बिशेस भूमिका खेलेको बताउनु भयो । सनातन संस्कृति माथि यतिबेला चारै तिरबाट प्रहार भैरहेको उल्लेख गर्दै दुवै देशका जनस्तरबाट एक आपसमा समन्वय गरि सनातन धर्मको संरक्षणमा एकजुट हुन यस संगठनको आबश्यकता परेको औल्याउदै सो दिशामा संगठन अगाडि बढेकोमा खुशी ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com