2

Logo २०८३ बैशाख १३ आइतबार
इस्मा गाउँपालिकाले गर्‍यो महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

इस्मा गाउँपालिकाले गर्‍यो महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१
2.4K

गुल्मी ।

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा गुल्मीको  इस्मा गाउॅपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समान गरेको छ । स्वास्थ्य शाखाको आयोजनामा सेवा निवृत्त ३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही नगद १५ हजार(करसहित) सहित सम्मान पत्र, ६ जना उत्कृष्ट सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र सम्पूर्ण स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

२१औं अन्तर्राष्ट्रिय स्वास्थ्य स्वयंसेविका दिवस भव्य कार्यक्रमको आयोजना गरि मनाएको स्वास्थ्य शाखाले जनाएको छ ।

“स्वास्थ्यमा जागरूकता अभियान, खोप कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवा र समुदायमा स्वास्थ्य सम्बन्धी जानकारी प्रवाहमा” उल्लेख्य काम गर्दै आएका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरूको ग्रामीण क्षेत्रमा महत्त्वपूर्ण योगदान छ। उनीहरुको भुमिकाको प्रशंसा गर्दै दिवसमा उत्साह जगाउन र सेवाको समान गर्न कार्यक्रम आयोजना गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवरले जानकारी दिनुभयो ।

उहाँहरुको प्रशंसनीय भुमिकाको उच्च सम्मान गर्दछौ। आगामी दिनहरुमा समेत यसको निरन्तरता र प्रभावकारितालाई व्यवस्थित तवरबाट संचालन गर्दै समुदायमा महत्त्वपूर्ण भुमिका र स्वास्थ्य शरीर र जीवन जिउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाको सेवा र सहयोगमा निरन्तर साथ दिने गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com