2

Logo २०८३ बैशाख १४ सोमबार
तानसेनमा घर नक्सा सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न 

तानसेनमा घर नक्सा सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न 


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१
1.4K

पाल्पा ।

जिल्लाकाे तानसेन नगरपालिकाको आयोजनमा भवन तथा बाटो निर्माण कर्मि संघका लागि घर नक्सा सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले भवन तथा बाटो निर्माण कर्मि संघका पदाधिकारीहरूकाे

व्यावसायिक दक्षता अभिवृद्धि ,सुरक्षित निर्माण,स्थानीय सरकारका मापदण्ड र नीतिको कार्यान्वयन, आर्थिक बचत र समय व्यवस्थापन, पर्यावरण संरक्षण,रोजगारीका अवसर वृद्धि,निर्माण क्षेत्रमा गुणस्तर सुधार,नगर तथा समाजको समग्र विकासमा टेवा पुर्याउने उधेश्यले अनुशिक्षण कार्यक्रम गरेको हाे ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले “घर नक्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम” निकै महत्वपूर्ण रहेको बताउनुभयो । निर्माण क्षेत्रले कुनै पनि नगरको समग्र विकासमा ठूलो भूमिका खेल्दछ । निर्माण व्यवसायीहरूलाई आधुनिक, सुरक्षित, र वातावरणमैत्री भवन तथा संरचना निर्माणका लागि अद्यावधिक सीप र ज्ञान हुनुपर्ने आवश्यकता रहेकाले नगरपालिका कार्यक्रम आयाेजना गरेको बताउनुभयो ।

नगरपालिकाले भवन निर्माणसम्बन्धी नीतिहरू र मापदण्डहरू लागू गर्दै आएको छ । ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन, विशेष गरी सुरक्षित र व्यवस्थित विकासका अनुशिक्षण कार्यक्रमले ठूलो भुमिका खेल्ने बताउनुभयो ।  यस कार्यक्रममा सिकाइने घर नक्सा बनाउने सीपहरूले व्यावसायिक दक्षता बढाउनेछ, नगर विकासलाई दीगो र समृद्ध बनाउन पनि टेवा पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले अनुशिक्षण कार्यक्रमले नगरलाई योजनाबद्ध विकासतर्फ अघि बढाउन थप टेवा पुग्ने बताउनुभयो । नक्सा निर्माण, विश्लेषण, र प्रयोगको ज्ञानले नगरको भौतिक पूर्वाधारलाई सुदृढ बनाउनेछ। साथै, वातावरण संरक्षण, प्राकृतिक स्रोतको सही उपयोग र सुरक्षित निर्माणका लागि यहाँ सिकाइने सीपहरूले अझ प्रभावकारी ढंगले कार्य गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा  प्रमुख प्रशासकिय अधिकृत नागिलाले सहभागीलाई यो प्रशिक्षणको अधिकतम फाइदा उठाउन र आफ्नो दक्षता अझ सुदृढ बनाउन आग्रह गर्नुभयाे ।

भवन तथा बाटो निर्माण कर्मी आवद्व निर्माण कर्मिहरूकाे सहभागीता रहेको कार्यक्रममा तानसेन नगरपालिकाका इन्जिनियर राम प्रसाद श्रेष्ठकाे समेत उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com