2

Logo २०८३ बैशाख १३ आइतबार
आइतबार स्थानीय बिदा

आइतबार स्थानीय बिदा


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१
1.8K

पाल्पा ।

पाल्पामा दुई पालिकाको आयोजनामा हुन लागेको सुन्तला महोत्सवको दिन पारेर मंसिर २३ गते स्थानीय बिदा दिईएको छ ।

जिल्लामा बढी सुन्तला उत्पादन हुने रैनादेवी छहरा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाले संयुक्त रुपमा मंसिर २२ र २३ गते गर्न लागेको दोस्रो सुन्तला महोत्सवको अन्तिम दिन सार्वजनिक बिदा दिईएको गाउँपालिकाले बिज्ञप्ति निकालेर जनाएको छ । उद्घाटनको दिन शनिबार परेको र आइतबारको दिन पनि महोत्सवलाई मध्यनजर गर्दै बिदा दिएको हो ।

दुई गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत सहित सुन्तला महोत्सव मुल आयोजक समितिको भेलाले मंसिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो । सुन्तला कृषकबाट उत्पादित सुन्तलाको प्रवर्द्धनमा सहयोग गर्ने विश्वासका साथ आयोजना गर्न लागीएको सुन्तला महोत्सवको लागी दुई गाउँपालिका भित्र रहेका कर्मचारी जनप्रतिनिधि विद्यालयका शिक्षक स्वास्थ्यकर्मी लगायत सम्पूर्णलाई अनिवार्य उपस्थिति भएर सुन्तला महोत्सव सफल बनाउन समेत अनुरोध गरेको रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सेनाले बताउनुभयो ।

महोत्सव मुल समारोह समितिका अध्यक्ष एवं रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले सुन्तला उत्पादन र बजारीकरणमा सहयोग पुर्‍याउन महोत्सव गरिएको बताउनुभयो ।  समितिका सह–संयोजक रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सिप र ज्ञानको विकास र कृषक बिच भेटको माध्यम हुने  बताउनुभयो । महोत्सव सफल बनाउन समितिले सबैमा आग्रह गरेको छ ।

पश्चिम पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते कटौजेपानी खेल मैदानमा महोत्सव गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com