अन्धकारमुक्ति साकोस अन्तर्गत केन्द्रिय कार्यालय र सहयोगी सेवाकेन्द्र स्तरीय साधारण सभा सम्पन्न
पाल्पा ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध सदस्य स्तरीय २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुई सेवा केन्द्र स्तरीय साधारण सभा रामपुरको शहीद बहुमुखी क्याम्पस किसानबारीमा भएको हो ।
वार्षिक साधारण सभाको उट्घाटन गर्नुहुँदै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले अन्धकारमुक्ति साकोस रामपुर नगर कै गौरवको संस्था भएको बताउनुभयो । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या शहरमा सिमित व्यक्तिबाट सञ्चालित सहकारीमा निम्तिएको बताउदै स्थानीय नागरिक मार्फत सञ्चालन भएकाले सुरक्षित रहेको र रहनुपर्नेमा जोड दिनुभयो । साथै नगर प्रमुख थापाले सहकारी तथा बित्तिय संस्थासँगको समन्वयमा साना कृषक तथा व्यवसायीहरुका लागि नगरपालिकाले ३० लाख रुपँया सम्मको क्रृण रकमको व्याज अनुदान प्रदान गर्दै आएको बताउँदै अन्धकारमुक्ति सँग गतबर्ष झण्डै १५ लाख व्याज तिरिदिएको बताउनुभयो । विदेश जानुभन्दा मासिक ६० हजारसम्म व्याज तिरिदिने नगरपालिकाको व्याज अनुदान कार्यक्रममा सहभागी भएर उत्पादन र आम्दानी बृद्धि गरि समृद्ध नगर तर्फ उन्मुख हुन सबैमा उहाँले आग्रह गर्नुभयो ।
केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुको उपस्थितिमा भएको साधारण सभामा संस्थाका सल्लाहाकार एवं नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले अन्धकारमुक्ति स्थानीय जनताको सानासाना पुँजीबाट सञ्चालनमा रहेकाले हुन आग्रह गर्नुभयो । नेकपा एमाले रामपुर नगर कमिटि उपाध्यक्ष अशोक श्रेष्ठले अन्धकारमुक्ति लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यम बहादुर सुनारले सहकारीले रामपुर नगर क्षेत्रमा वित्तिय सेवा मार्फत महत्वपूर्ण टेवा दिएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति अर्जुन प्रसाद श्रेष्ठले सहकारीको भुमिका शेयर सदस्य र सर्बसाधारणका लागि हुनुपर्ने बताउनुभयो । एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतमले सहकारीलाई प्रविधि मैत्री बनाएर अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरेले शेयर सदस्यहरुकोे सक्रियताले नै वित्तिय संस्थाको भिडमा अन्धकारमुक्तिले सफलता प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मोहन भट्टराई, सल्लाहाकार सुकदेव पोखरेलले सहकारीलाई शेयर सदस्यमैत्री बनाउँदै जान आग्रह गर्नुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सल्लाहाकार भोजेन्द्र प्रकाश ढकालले उद्यमशिलताको लागि आवश्यक तालिम प्रदान गरेर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहाकार दयाराम भट्टराई, रामपुर साना शहरी खानेपानीका उपाध्यक्ष हजुलदिन मिया, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी, सुर्याेदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतम, उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णु माया ढकाल, शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले, संस्थापक सदस्य विष्णु प्रसाद रेग्मी, शेयर सदस्य दुर्गा प्रसाद पोखरेल, शेयर सदस्य मन्जु रानाले आफ्नो भनाई राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन सहित भावि रणनीति बारे जानकारी गराउनु भएको थियो । लेखा सुपरीवेक्षण समितिका सदस्य राम प्रसाद ढकालले संस्थाको वित्तिय सुशासनको अवस्थाबारे जानकारी दिनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा चलेको कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत बाट सुरु भएको हो भने कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश बस्यालले गर्नु भएको हो ।
२०५५ सालमा खेतको आलीबाट सुरु भएको सहकारीमा हाल पाल्पा जिल्ला भित्रका ११ हजार १४ जना शेयर सदस्य आवद्ध छन् । सहकारीले १ अर्ब ५७ करोड ८३ लाख ८९ हजार ६६ पुजी परिचालन गरेको छ । साधारण सभाको अवसरमा केन्द्रिय कार्यालय र सहयोगी सेवाकेन्द्र अन्तरर्गतका सबै केन्द्रबाट नियमित बचत कर्ता, बालबचत कर्ता, असल ऋणी, सफल व्यापारी, एसईएमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी, लघुवित्त केन्द्र, केन्द्र प्रमुखलाई पुरस्कृत गरिएको छ । साथै सहकारीले ७० वर्ष पूरा हुनु भएका शेयर सदस्यहरुलाई पेन्सन सहित मासिक ५ सय रुपँया भत्ता बितरण गरेको छ ।
रामपुर ७ मा रहेको केन्द्रिय कार्यालय रहेको सहकारीले केन्द्रिय कार्यालय, सहयोगी सेवा केन्द्र, रामटार सेवा केन्द्र, ढुंगानाबेशी सेवाकेन्द्र, जब्गादी सेवा केन्द्र र ताहुँ सेवाकेन्द्र स्तरीय साधारण सभा गरेको हो । सबै शेयर सदस्यको सहभागीतामा सेवाकेन्द्र स्तरीय साधारण सम्पन्न गरेको सहकारीले मंसिर २१ गते सञ्चालक समितिको ३ गुणा उपस्थित संख्या बिच निर्णय प्रमाणित सहितको साधारण सभा केन्द्रिय कार्यालयको सभाहलमा गर्ने सचिव ओम प्रकाश बस्यालले जानकारी दिनुभयो ।