2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको रामपुरमा उत्प्रेरणा जगाउदै २ दिने कार्यक्रम सम्पन्न

पाल्पाको रामपुरमा उत्प्रेरणा जगाउदै २ दिने कार्यक्रम सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१
2.4K

पाल्पा ।

पाल्पाको रामपुरमा २ दिनसम्म चलेको “ध्यान र उत्प्रेरणा” सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा नगरका नागरिकलाई ध्यान उत्प्रेरित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

नियमित योग र साधनाले स्वास्थ्य र शरीरलाई सकारात्मक उर्जा दिने भएकोले चिन्तनका लागि योग ध्यान र उत्प्रेरणा कार्यक्रम राखेको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सके त्यसले स्वत परिणाम दिने भन्दै जीवन र समाज सुधार संगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न आग्रह गर्नुभयो । सकारात्मक सोचको विकासले आफू र समाजलाई फाइदा पुग्ने भएकोले त्यस तर्फ ध्यान केन्द्रित गराउन उहाँले आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले योगको सधनाले जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने बताउनुभयो । सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता छ उहाँले भन्नुभयो- आध्यात्मको माध्यमबाट स्वय आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुनेछ ।

आचार्य श्री महेन्द्र बशिष्टले जिवनमा योगको महत्त्व दर्शाउदै जीवन र जगतको बारेमा स्पर्श गराउनुभएको थियो । मानवले आफ्नो चैतन्यबाट अठोट गरि कार्य सम्पादन गर्नुपर्नेमा जोड दिदै उहाँले आफुले गर्ने कार्यबाट कसैलाई असर नगरोस् भन्नेमा सचेत रहदै गर्व गर्न सकिने स्थितिमा ढाल्न आग्रह गर्नुभयो । “गहिरो लामो श्वास,प्रसन्नताको साथ” नियमित साधनाको शुत्र रहेको स्पष्ट पार्दै आचार्य श्री महेन्द्र बशिष्ट जीले गहिरो लामो श्वासप्रश्वासले शरीरमा पर्याप्त अक्सिजन दिने हुँदा दीर्घ र स्वास्थ जीवन जिउन सकिने बिज्ञानले प्रमाणित गरिसकेको बताउनुभयो । गहिरो लामो स्वास लिदा मानिस विचार, अतित र भविस्यबाट मुक्त भइ वर्तमानमा हुन्छ जसले मन शान्त र स्थिर हुने, यो साधनाले श्वासप्रश्वासमा परमात्माको “दिव्य सङ्गीत” गुन्जयमान आभाष गराउने उल्लेख गर्नुभयो । हरेक मानिसलाई नियमित अभ्यासले सरल, करुणावान तथा मैत्रीपूर्ण बनाउने व्यक्तिगत स्वाश्यमा ठूलो महत्त्व राख्ने बताउनुभयो ।

आचार्य विवेकले बुद्ध र बुद्धत्वबारे जानकारी दिनुभएको थियो । नर्सिङ सुमिता पाठकले खानपान र जीवन शैलीको बारेमा जानकारी दिनुभएको थियो । स्वामी सुरज गौतमले एकाग्रता, ध्यान, चिन्तन र मन व्यबस्थापनका बिषयमा सहजीकरण गर्नुभएको हो ।

नमस्ते पाल्पाको सभाहल रामपुरमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनितिक दल, विद्यालयका प्रधानाध्यापक वि.व्य.स. अध्यक्ष नगरपलिकाका कर्मचारी पत्रकार लगाएत गरी ३ सय बढीको सहभागिता रहेको थियो।

सोही अबसरमा सहभागी गङ्गा माबिका उपाध्यक्ष देवराज देवकोटाले कम बोल्ने बानीको बिकास यो तालिमले दिएको बताउदै धेरै सुन्ने कम बोल्ने बानीको बिकास गर्ने संकल्प लिएको बताउनुभयो । विद्यालय व्यबस्थापन समितिको तर्फबाट रामपुर १० का यमकला भण्डारीले सिकाई अनुभवबारे जानकारी दिनुभयो ।

रामपुर ६ का अध्यक्ष दिवाकर देवकोटाले ठूलो मिहेनतले यो तालिम आएको स्मरण गराउदै योग जीवन, साधनाका बारेमा हरेक दिन आफुलाई ढाल्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख बालकुमारी थापाले गर्नुभएको थियो भने संचालन योजना शाखा प्रमुख बिक्रम बस्नेतले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com