2

Logo २०८३ बैशाख १४ सोमबार
निजामति सेवामा महिला सहभागिता बढाउने उद्देश्यले स्याङ्जामा निशुल्क लोकसेवा तयारी कक्षा सुरु

निजामति सेवामा महिला सहभागिता बढाउने उद्देश्यले स्याङ्जामा निशुल्क लोकसेवा तयारी कक्षा सुरु


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०८१
883

स्याङ्जा ।

निजामति सेवामा महिला सहभागिता बढाउने उद्देश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरेको हो ।

तयारी कक्षाको औपचारिकरुपमा शुभारम्भ गर्दे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कक्षाको सहिसदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिनुभयो ।

‘यहाँ छुट्टयाइएको २० दिन पर्याप्त होइन । यो तपाईका लागि सूचना मात्र हो । यसै कक्षालाई आधार मानेर नियमित अध्ययन गरेमा अवश्य सफल भईन्छ । मेहनत गर्न छाड्नु हुदैँन ।’ उहाँले भन्नुभयो्, ‘मलाई पनि यसरी नै निजामति सेवामा प्रवेशको वातावरण मिलेको हो र आज यो स्थानसम्म आइपुगेकी हुँ ।’ सरकारी जागिर अर्थात निजामति सेवा बारे पनि प्रजिअ नेपालले जानकारी गराउनुभयो ।

कार्यक्रममा करदाता सेवा कार्यालय प्रमुख गंगाा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशिल युवाहरुको पहिलो रोजाई निजामति सेवा भएको बताउदै निशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गर्नुभएको थियो ।

मंगलबारदेखि सुरु भएको तयारी कक्षामा ६० सेसन हुनेछ । दैनिक साढे ४ घण्टा पढाउनेगरि जिल्ला र केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्धारा कक्षा लिईने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com