लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: तानसेन गर्यो प्रतिबद्ध हस्ताक्षर
पाल्पा ।
अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
पाल्पाको तानसेन नगरपालिकाले यस अभियानको आजदेखि सुरुवात गरेको छ। नगर प्रमुख संतोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिंजाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला ,कार्यपालिका सद्स्य लगायत कर्मचारीहरुको उपस्थितिमा प्रतिबद्धता व्यानरमा सबैले हस्ताक्षर गरि सुरु अभियानको शुरुवात भएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो ।

“हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा सहित आउदो डिसेम्बर १० सम्म विभिन्न सचेतना कार्यक्रम गरि दिवस मनाईदैछ ।
“बेइजिङ घोषणपत्र र कार्यान्वयनको ३० वर्षः महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने अन्तर्राष्ट्रिय नारा सहित आज बिश्वभर दिवस मनाइदैछ ।
