2

Logo २०८३ बैशाख १३ आइतबार
आज दशौं राष्ट्रिय उद्योग दिवस पाल्पामा अन्तरक्रिया सम्पन्न

आज दशौं राष्ट्रिय उद्योग दिवस पाल्पामा अन्तरक्रिया सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
1.1K

पाल्पा ।

दशौं राष्ट्रिय उद्योग दिवसको अबसरमा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले उद्योगी व्यवसायीको उद्यमलाई प्रबर्द्धन र आर्थिक विकासमा टेवा पुग्ने गरि ऐन कार्यबिधी बनाइएको बताउनुभएको छ । कोभिड देखि धरासायी भएको अर्थतन्त्रलाई उकास्ने प्रयत्नमा प्रदेश सरकार लागेको बताउदै समिति सभापति श्रेष्ठले नियम कानुन र परिधिमा रहेर पेशा व्यबसाय गर्न उद्योगी व्यबसायीलाई आग्रह गर्नुभयो ।

घरेलु तथा साना कार्यालय पाल्पाको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा पाल्पाको रामपुरमा भएको अन्तरक्रिया सहितको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको अर्थ, उद्योग, पर्यटन समिति सभापति समेत रहनुभएका श्रेष्ठले प्रदेश सभा र समितिमा आएका बिषयलाई समितिले तदारुकताका साथ लिएर काम गरेको बताउनुभयो । देशको अर्थतन्त्रमा उद्योगी व्यवसायीको भुमिका महत्वपुर्ण रहेको बताउनुहुदै उहाँले पछिल्लो समय घरेलु तथा साना कार्यालयको तथ्याङ्क हेर्दा राजश्व कम उठेको र उद्योगी व्यवसायीबाट दोहोरो करको मारमा परेको निरन्तर गुनासो आइरहेको बिषयमा अब फरक ढंगले लाग्नुपर्ने बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर क्षेत्रमा उद्योग व्यवसायीको अबस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले रामपुर क्षेत्रमा नगरपालिका स्थापना पश्चात् नगर स्तरीय उद्योग वाणिज्य संघ गठन गरि उद्योगी व्यवसायीलाई व्यवसाय दर्ता, नविकरण, शिविर मार्फत विविध कार्यक्रम र उद्योगी व्यवसायीलाई परेको समस्यामा नियमित सहयोग साथै स्थानीय उत्पादन, बजारीकीकरण र पर्यटन प्रबद्र्धनमा संघले नियमित काम गर्दै आएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलले उद्योगी व्यवसायीलाई राज्यले विभिन्न तबरबाट सजिलो बनाउन प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको गतबर्ष र यसबर्षको गतिविधिबारे जानकारी गराउदै पछिल्लो समय राजश्वमा कमी भएको र उद्योग दर्ता भन्दा खारेजी गर्ने बढेको बताउनुभयो । उहाँले आर्थिक ऐन २०८१ ले उद्योगी व्यवसायीलाई सहज बनाएको र २ बर्ष यता नविकरण हुन नसकेका फर्म नविकरण वा खारेजीमा जरिवानाको ५ प्रतिशत मात्र लाग्ने गरि सहज बनाएको बताउनुभयो ।

इलाका प्रशासन कार्यालय प्रमुख गणेश बहादुर कार्की र इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले सुरक्षा संग सम्बन्धित बिषयमा सहकार्य समन्वय गरि काम गर्न अग्रसर रहेको बताउदै आ आफनो ठाउँबाट सबैले समुदायमा शान्ति स्थापनार्थ सहयोग गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रिया सहितको कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ, उद्योगी व्यबसायी सागर प्रसाद देवकोटा, सहभागी उद्योगी व्यबसायी अशोक श्रेष्ठ, पत्रकार दुर्गेश मल्लले उद्योग दिवसको शुभकामना दिदै उद्योगी व्यवसायीको सहजतामा सरकार हुुनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यक्रम संयोजक मनोज घिमिरेले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com