2

Logo २०८३ बैशाख १३ आइतबार
०८४ को निर्वाचनसम्म अहिलेको समीकरण कायम रहने एमाले अध्यक्ष ओलीको भनाई

०८४ को निर्वाचनसम्म अहिलेको समीकरण कायम रहने एमाले अध्यक्ष ओलीको भनाई


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०८१
1.4K

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै विरोधीहरुले षड्यन्त्र गरेपनि समीकरण तलमाथि नहुने बताउनुभयो ।

०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ उहाँले भन्नुभयो– सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र त्यसपछि देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउँनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ ।’

उहाँले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको जिकिर गर्नुभयो । ओली प्रतिस्पर्धी पार्टी भएपनि हामी सत्तापक्ष र गठबन्धन रहेकोले यो कायम रहने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com