2

Logo २०८३ बैशाख १३ आइतबार
सत्यवती मेलामा झण्डै ३३ लाख भेटी संकलन

सत्यवती मेलामा झण्डै ३३ लाख भेटी संकलन


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
1.3K

पाल्पा ।

चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवती मेलामा सो रकम संकलन भएको हो ।

नगदसंगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले यसपाली अनुमान गरे भन्दा धेरै भक्तजनहरु आएको कारण व्यवस्थापन गर्न भने समस्या भएको बताउनुभयो । उहाँले २ लाख भक्तजन आउने अनुमान गरिएकोमा ३ लाख बढी भक्तजन आएकोले ट्राफिक जाम व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।

बढी भिडभाडका कारण भक्तजनलाई पर्न गएको अप्ठेरोप्रति गाउँपालिका क्षमाप्रार्थी रहेको र आगामी वर्ष व्यवस्थापनमा विशेष ध्यान दिने श्रेष्ठले बताउनुभयो ।

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा सकेर ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन छ । मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि आउने गरेका छन् ।

धार्मिक मेलामा पाल्पा, गुल्मी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतकास्थानबाट समेत भक्तजन आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com