रामपुर १० मा मोटरबाटो स्तरउन्नति गरिदै
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर १० कुमालगाँउका जनतालाई दैनिकी सहज बनाउन विभिन्न मोटरबाटो स्तरउन्नति शुरु गरिएको छ ।

रामपुर नगरपालिका र वडा कार्यालयको समन्वयमा १० नम्बर वडाका रामटार कुमालगाँउ, कट्टीबगैंचा, सुर्यगौडा, राहुडाँडा, छाप तोक्सेपल्याङ लगायतका गाँउमा पुग्न र खेतबारीमा पुग्न, बजार झर्न तथा गाउँबाट बाहिर जान आउन समेत यस मोटरबाटो स्तरउन्नति भएपछि सहज हुने वडा अध्यक्ष तोयानाथ सारुले जानकारी दिनुभयो ।
नगरपालिकाको सहकार्यमा स्थानीय बस्तीका मोटरबाटो स्तरउन्नति गर्न व्यवस्थापन मिलाएपछि विभिन्न टोलमा बाटो सुधार गरिने उहाँले बताउनुभयो ।