2

Logo २०८३ बैशाख १४ सोमबार
अचेत फेला परेकी महिलाको मृत्यु

अचेत फेला परेकी महिलाको मृत्यु


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
967

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर ३ बगाहामा शनिबार साँझ अचेत अवस्थामा फेला परेकाे एक महिलाको मृत्यु भएको छ । बगाहाबाट सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम भागमा रहेको नालीमा बगाहाकी ६५ वर्षीय सुकमाया गिरी सारु अचेत अवस्थामा फेला परेकी थिईन्।

फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी केलादीको  टोलीले उपचारको लागि रामपुर अस्पताल पठाएको थियो । चिकित्सकले चेकजाँच पश्चात् मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ  ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com