गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडौं ।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय निकट स्रोतका अनुसार उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि भएको हो । सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेपछि उनी पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।