2

Logo २०८३ बैशाख १३ आइतबार
रास्वपाका सभापति लामिछानेलाई आज बुटवल ल्याइदै

रास्वपाका सभापति लामिछानेलाई आज बुटवल ल्याइदै


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
946

बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बुटवल ल्याइँदैछ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै बुटवल ल्याउन लागिएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच पोखरा विमानस्थल पुर्‍याएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न त्यसतर्फ लगिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बयानलगायत अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेपछि कास्की प्रहरीले सूर्यदर्शनबारेको बयान सकेर उनलाई आज त्यता लगेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com