पाल्पामा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको ज्यान गयो
पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सन्दिप बेल्वासेका अनुसार तानसेन ८ गौडेमा भएको मोटरसाइकल दुर्घटनामा पछाडि बस्ने २७ वर्षीय साबित्रा थापाको ज्यान गएको हो ।
सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु ८८ प ५५६५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई मंगलबार दिउँसो सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खस्दा मोटरसाइकल चालक तानसेन नगरपालिका ७ प्रभास बस्ने ४३ वर्षीय ईन्द बहादुर गाहा घाइते हुनुभएको छ ।
घाइते थापा र गाहालाई अस्पताल लगिएको र उपचारको क्रममा थापाको निधन भएको हो । गाहाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।