2

Logo २०८३ बैशाख १३ आइतबार
मुस्ताङमा जुवाखालबाट नगद ८ लाख ५२ हजारसहित १२ जुवाडे पक्राउ

मुस्ताङमा जुवाखालबाट नगद ८ लाख ५२ हजारसहित १२ जुवाडे पक्राउ


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक १९ २०८१
1.4K

मुस्ताङ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवाखालबाट नगद ८ लाख ५२ हजारसहित १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ ५:३० बजे जुवातास खेलिरहेका १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्ने अधिकांश घरपझोङ-२ मार्फाका छन्।

मुस्ताङको घरपझोङ-२ मार्फास्थित एक रेष्टुरेन्टको कोठा नं. २११ र कोठा नं. २०९ मा जुवातास खेले खेलाएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको १५ जनाको प्रहरी टोलीले होटलमा छापा मारेको थियो।  प्रहरीले होटलबाट ८ बुक ताससहित ८ लाख ५२ हजार ८ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो।

जुवातासको खालबाट पक्राउ परेका व्यक्तिहरू उपर आवश्यक छानबिनसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com