2

Logo २०८३ बैशाख १३ आइतबार
सिकलसेलका बिरामीलाई रक्त सञ्चार केन्द्र सञ्चालन

सिकलसेलका बिरामीलाई रक्त सञ्चार केन्द्र सञ्चालन


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१
2.7K

बर्दिया।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले रक्तसंचार सेवा संचालनमा ल्याएको छ । बारबर्दिया नगर अस्पतालले सिकलसेल बिरामीको उपचारलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो ।

मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री सारुले प्रस्तावित बर्दिया सिकलसेल अस्पतालमा मानब संसाधन, औषधि उपकरण तथा आर्थिक स्रोतको सुनिश्चित गर्दै सिकलसेल डेडिकेटेड अस्पतालको रुपमा बिस्तार संचालनका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयाे ।

बारबर्दिया नगरपालिकाले आज भन्दा ४ बर्ष अगाडी सिकलसेल र थालेसेमिया रोगका बिरामीहरुको उपचारका लागि करोडौं लागतमा तीन तले सिकलसेल अस्पतालको भवन निर्माण गरेको थियो । सोही भवनमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा बारबर्दिया नगर अस्पतालले रक्तसंचार सेवा संचालनमा ल्याएको हो ।

सिकलसेल अस्पतालका लागि भवन निर्माण भएको ४ बर्ष बितिसक्दा समेत उक्त भवनबाट सिकलसेलका विरामीहरुलाई सेवा प्रवाह हुन सकेको थिएन । प्रदेश सरकारले अस्पताल सञ्चालनको लागि गृहकार्य गरेको र स्वास्थ्य मन्त्री सारुले बारबर्दिया नगर अस्पताल र प्रस्तावित सिकलसेल अस्पतालकाे निरिक्षण गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com