2

Logo २०८३ बैशाख १३ आइतबार
“ज्योतिपुन्ज कप” उपाधिका लागि शनिबार गन्नी फुटवल क्लब पोखरा र युनाइटेड युथ क्लब नवलपरासी भिड्ने

“ज्योतिपुन्ज कप” उपाधिका लागि शनिबार गन्नी फुटवल क्लब पोखरा र युनाइटेड युथ क्लब नवलपरासी भिड्ने


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
2.7K

पाल्पा ।

पाल्पामा जारी जिल्लाकै सबैभन्दा ठुलो धनराशी पुरस्कारको “ज्योतिपुन्ज कप” अन्तर्गत राष्ट्रिय फुटवल प्रतियोगितामा गन्नी फुटवल क्लब पोखरा र युनाइटेड युथ क्लब नवलपरासी फाइनलमा भिड्ने भएका छन् ।

शुक्रबारको दोस्रो सेमिफाइनलमा गन्नी फुटवल क्लबले २८ बिगाहा युवा क्लब नवलपुरलाई २–१ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो भने यस अघि युनाइटेड युथ क्लब, नवलपरासी फाइनलमा प्रबेश गरिसकेको थियो ।

रामपुर नगरपालिका ७ किसानबारीमा रहेको ज्योतिपुञ्ज युवा क्लबको खेलमैदानमा भएको खेलमा फाइलनमा प्रबेश गर्ने दोस्रो टिम गन्नी फुटवल क्लबका लागि सन्दिप राना र सुमित श्रेष्ठले गोल गरेका थिए । २८ बिगाहा युवा क्लबका लागि सिर्जन क्षेत्रीले एक मात्र गोल फर्काएका थिए । खेलमा गन्नीका लागि निर्णायक गोल गरेका सुमित श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिएका छन् । गन्नी र युनाइटेड युथ क्लब बिच उपाधिका लागि कार्तिक १० गते शनिबार फाइनल खेल हुने खेल संयोजक अनिल शाही ठकुरीले बताउनुभयो ।

ज्योतिपुञ्ज युथ क्लब रामपुर ७ किसानबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा १० क्लबले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com