2

Logo २०८३ बैशाख १३ आइतबार
पहिलो क्वाटरफाइनलमा फर्साटिकर बिजयी

पहिलो क्वाटरफाइनलमा फर्साटिकर बिजयी


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
1.5K

पाल्पा ।

दोस्रो ज्योतिपुञ्ज कप अन्तर्गत पहिलो क्वाटरफाइनलमा फर्साटिकर युथ क्लब रुपन्देहीले जित निकालेको छ ।

फर्साटिकर युथ क्लब रुपन्देही र साबिक बिजेता युथ युनियन पाल्पा बिच मंगलबार अपरान्ह भएको खेलमा युथ युनियन पाल्पालाई पहिलो र दोस्रो हाफमा फर्साटिकरले १/१ गरि २ गोल गर्न सफल भएको थियो ।

खेलको पहिलो हाफमा फर्साटिकरका शिव सुबेदीले गोलपोष्ट छेउबाट बायाँ खुट्टाले सानदार गोल गरेका थिए भने दोस्रो हाफमा जर्सी नम्बर ९ का आशिष क्षेत्रीले गोल गर्न सफल भए ।
खेलमा प्लेयर अफ दि म्याच फर्साटिकरका जर्सी नम्बर ९ आशिष क्षेत्री हुन सफल भएको खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।

आयोजकलाई हराएर सेमिफाइनलमा प्रबेश गरेको
युनाइटेड युथ क्लब गिरवारी पुर्वी नवलपरासी र फर्साटिकर सेमीफाइनलमा भिड्नेछ ।

ज्योतिपुञ्ज युथ क्लबको २८ औं बार्षिकोत्सवको अबसरमा आयोजना भएको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिम  सहभागी छ । फाइनल खेल आगामी कार्तिक १० गते शनिबार हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com