2

Logo २०८३ बैशाख १३ आइतबार
५-० को फराकिलो जित निकाल्दै युनाइटेड युथ क्लब गिरुबारी फाइनलमा प्रबेश

५-० को फराकिलो जित निकाल्दै युनाइटेड युथ क्लब गिरुबारी फाइनलमा प्रबेश


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
2.3K

पाल्पा ।

युनाइटेड युथ क्लब गिरुबारी नवलपरासी पाल्पामा जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलतर्फ युनाइटेड युथ क्लबले फर्साटिकर युवा क्लब रुपन्देहीमाथि ५-० को फराकिलो जित निकालेको हो । युनाइटेड उपाधि नजिक पुग्न सफल भएको छ । युनाइटेड युथका लागि अनिल राना मगर र समिप ढकालले समान २-२ गोल जोडे भने सलिल ढकालले थप एक गोल गर्न सफल भएका थिए । खेलमा युनाइटेड युथका अनिल राना मगर प्लेयर अफ दि म्याच चुनिएका छन् ।

प्रतियोगिता अन्तर्गत कार्तिक ८ गते बिहिबार एउटा क्वाटरफाइनल खेल बाँकी रहेको खेल संयोजक अनिल शाहीले बताउनुभयो । एकातर्फी जित निकाल्दै युनाइटेड फाइनलमा पुगेको हो । बिहीबार देवदह ब्वाईज रुपन्देही र गन्नी फुटबल क्लब पोखरा भिड्ने शाहीले जानकारी दिनुभयो ।

ज्योतिपुञ्ज युथ क्लब रामपुर ७ किसानबारी पाल्पाको २८ औं बार्षिकोत्सवको अबसरमा आयोजनामा गरिएको प्रतियोगितामा १० विभिन्न क्लबको सहभागिता रहेको छ । खेलको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक ज्योतिपुन्ज युवा क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल आगामी कार्तिक १० गते शनिबारका दिन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com