पहिलो क्वाटरफाइनलमा फर्साटिकर बिजयी
पाल्पा ।
दोस्रो ज्योतिपुञ्ज कप अन्तर्गत पहिलो क्वाटरफाइनलमा फर्साटिकर युथ क्लब रुपन्देहीले जित निकालेको छ ।
फर्साटिकर युथ क्लब रुपन्देही र साबिक बिजेता युथ युनियन पाल्पा बिच मंगलबार अपरान्ह भएको खेलमा युथ युनियन पाल्पालाई पहिलो र दोस्रो हाफमा फर्साटिकरले १/१ गरि २ गोल गर्न सफल भएको थियो ।
खेलको पहिलो हाफमा फर्साटिकरका शिव सुबेदीले गोलपोष्ट छेउबाट बायाँ खुट्टाले सानदार गोल गरेका थिए भने दोस्रो हाफमा जर्सी नम्बर ९ का आशिष क्षेत्रीले गोल गर्न सफल भए ।
खेलमा प्लेयर अफ दि म्याच फर्साटिकरका जर्सी नम्बर ९ आशिष क्षेत्री हुन सफल भएको खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।
आयोजकलाई हराएर सेमिफाइनलमा प्रबेश गरेको
युनाइटेड युथ क्लब गिरवारी पुर्वी नवलपरासी र फर्साटिकर सेमीफाइनलमा भिड्नेछ ।
ज्योतिपुञ्ज युथ क्लबको २८ औं बार्षिकोत्सवको अबसरमा आयोजना भएको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिम सहभागी छ । फाइनल खेल आगामी कार्तिक १० गते शनिबार हुनेछ ।