2

Logo २०८३ बैशाख १३ आइतबार
देवदह क्वाटरफाइनलमा प्रबेश, आज साबिक बिजेता युथ युनियन र फर्साटिकर युवा क्लब भिड्ने

देवदह क्वाटरफाइनलमा प्रबेश, आज साबिक बिजेता युथ युनियन र फर्साटिकर युवा क्लब भिड्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१
1.7K

पाल्पा ।

दोस्रो ज्योतिपुञ्ज कप अन्तर्गत प्रि क्वाटरफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै देवदह ब्वाइज क्लबले जित निकालेको छ ।

सोमबार भएको त्रीशक्ति युवा क्लब, काठमाडौं र देवदह ब्वाईज क्लब बिचको खेलमा २-१ ले जित निकाल्दै देवदह ब्वाइज क्लब रुपन्देही जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रामपुर ७ किसानबारी आयोजक ज्योतिपुञ्ज खेलमैदानमा भएको खेलमा देवदहका लागि कप्तान सुरज चौधरी र मनिष पुनले गोल गरेका थिए। पराजित त्रिशक्ति युवा क्लबका लागि  निमन लिम्बुले गोल गरे ।खेलमा प्लेयर अफ दि म्याच देवदहका कप्तान सुरज चौधरी घोषित हुन सफल भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक ६ गते मंगलबारको क्वाटरफाइनल खेल साविक विजेता न्यु युथ युनियन क्लब, तानसेन पाल्पा र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।

ज्योतिपुञ्ज युथ क्लबको २८ औं बार्षिकोत्सवको अबसरमा,  आयोजना भएको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिम  सहभागी छ । फाइनल खेल आगामी कार्तिक १० गते हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com