2

Logo २०८३ बैशाख १३ आइतबार
पुर्वखोला सिलुवामा ८औं मण्डली कप आयोजना हुने

पुर्वखोला सिलुवामा ८औं मण्डली कप आयोजना हुने


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१
1.7K

पाल्पा ।

पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवामा आठौँ मण्डली कप हुने भएकाे छ । आउदो कात्तिक २१ गतेदेखि २४ गतेसम्म आठौं सस्करणको रुपमा प्रतियाेगिता हुने पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाकाे आयाेजनामा प्रतियाेगिता हुन लागेकाे प्रतियाेगितामा पुरूषतर्फ र महिला तर्फकाे भलिबल खेल हुने क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । यस अघि पुरुष भलिबल प्रतियोगिता मात्र थियो । पुरूषतर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार राशीको र महिलातर्फ ३० हजार रूपियाँ रासीकाे पुरस्कार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

तानसेनमा पत्रकार सम्मेलन गरी यही कात्तिक २१ देखि २४ गतेसम्म खेल सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयाे । खेल सिलुवास्थित मण्डली मैदानमा हुनेछ।

पुरुष भलिबलतर्फ प्रथम हुनेले १ लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ठ खेलाडीलाइ पनि नगद सहित सम्मान गरिनेछ ।

यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद र कपका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने क्लबका सचिव कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयाे ।

पुरुष भलिबलतर्फ ६ टिम सहभागी हुनेछन् भने महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी पनि समावेश हुनेछन् ।

वि.स. २०४८ सालदेखि क्रियाशील क्लबले भलिबल प्रतियाेगिताले स्थानीय ठाँउको धार्मिक, सांस्कृतिक प्राकृतिक सौन्दर्य र पर्यटकीय हिसाबले प्रचारप्रसार हुने जनाएकाे छ । क्लबले भलिबल खेलकाे माध्यमबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरकाे खेलाडी तथा रेफ्री बनाउन सफल भएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

प्रतियोगितासँगै बृहत सांस्कृतिक कार्यक्रम हुनेछ ।  यसपटक लाेकदाेहाेरी गायक श्याम रानासहितका कलाकार आउने क्लबले जनाएकाे छ ।

प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुनेछ। पूर्वखोला गाउँपालिका र पाल्पाबाट रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्ति सम्मिलित संघसंस्थाले सहयोग गरेकाे क्बलले जनाएकाे छ । क्लबले यसअघि पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सहभागी गराएर विभिन्न प्रतियोगिता सप्पन्न गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com