ज्योतिपुञ्ज कप: पेनाल्टीमा २८ बिगा युथ क्लब नवलपरासीको जित
पाल्पा ।
पाल्पाको रामपुरमा जारी दोस्रो “ज्योतिपुञ्ज कप” फुटबल प्रतियोगिताको आइतबारको पहिलो खेलमा २८ बिगा युथ क्लब नवलपरासीले जित निकालेको छ ।
२८ बिगा युथ क्लब नवलपरासी र होराइजन क्लब वालिङ स्याङ्जा बिचको खेलमा पेनाल्टी सुटआउटबाट २८ बिगा युथ क्लबले जित आफ्नो पोल्टामा पारेको हो । ४० मिनेट अबधिको खेलको पहिलो हाफमा दुबै टिमबाट बराबर १/१ गोल भएपछी थपिएको ४ मिनेट समयमा गोल नभएपछी खेल पेनाल्टीमा गएको थियो ।
२८ बिगा युथ क्लबका क्याप्टेन सन्दिप क्षेत्रीले खेलमा पहिलो गोल गरि टिमलाई १-० को अग्रता दिलाएका थिए लगत्तै होराइजन क्लब वालिङका गणेश हमालले गोल फर्काएपछी खेल अबधिभर अरु गोल हुन सकेन । थपिएको समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउट भएको थियो ।
खेलमा प्लेयर अफ दी म्याच २८ बिगा युथ क्लबका जर्सी नम्बर १ गोलकिपर सरोज तामाङ भएको खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । तामाङलाई इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपालीले नगद, ट्रफी र मायाको चिनो हस्तान्तरण गर्नुभयो ।
ज्योतिपुन्ज क्लबको २८ औं बार्षिकोत्सवको अबसरमा महाकुम्भका रुपमा क्लब स्तरीय खुला फुटबलको आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशको गरि विभिन्न १० क्लबको सहभागिता छ । यसैबिच
आइतबारको दोस्रो खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब रामपुर पाल्पा र युनाइटेड युथ क्लब गिरुबारी नवलपरासी भिड्नेछन् ।