2

Logo २०८३ बैशाख १३ आइतबार
अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जित्यो

अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जित्यो


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१
1.9K

काठमाडौं ।

नेपालले एक खेल खेल्नु अगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको हो ।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाए।

त्यस्तै अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए ।

नेपालको यो जितपछि ३ खेलको सिरिज २-० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com