भारतीय राष्ट्रवादी कंग्रेस पार्टी नेता बाबा सिद्दिकीको हत्या
भारतीय राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ।
भारतमा अजित पवार नेतृत्वको पार्टीका नेता सिद्दिकीको शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउन्ड गोली चलाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो।
घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलन गरी बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए।
मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको जानकारी दिएका छन्। पक्राउ पर्नेमा एकजना हरियाणा र अर्का उत्तर प्रदेशका व्यक्ति हुन् ।