रामपुरमा प्लाष्टिकका फुल माला बिक्रीमा प्रतिबन्ध
पाल्पा ।
नेपाल सरकारले २ बर्ष अघि प्लाष्टिकका फूल तथा माला बिक्री बितरण नगर्न सुचना नै जारी गर्यो । वन तथा वातावरण मन्त्रालयले हिन्दु नेपालीको चाडपर्व दशैं तिहारलाई लक्षित गरि वातावरण प्रर्दुषित हुने भन्दै प्रतिबन्ध लगाउन साउन १२ गते राजपत्रमा सुचना प्रकाशन गरि सोही मितिदेखि प्लाष्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र बिक्री बितरण गर्न पुर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । सरकारले रोक तथा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी नबढाउदा यसको बिक्री हुदै आएको छ ।
यद्यपि पाल्पाको रामपुर नगरपालिकाले नगरमा प्लाष्टिकका फूल र मालालाई प्रयोग नगर्न नगराउन सुचना जारी गरेको छ । प्लाष्टिकका फुल र मालाले वातावरणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकुल असार पार्ने भएकोले नगरपालिकाको असोज २० गते बसेको कार्यपालिका बैठकले बजारमा प्लाष्टिकजन्य सामाग्रीको रोक लगाएको हो ।
प्लाष्टिकका फूल र मालाको प्रयोगले मानव स्वास्थ्य, वातावरण फोहोर, ठुलो धन राशी बाहिरिने र स्थानीय उत्पादन खेर जाने हुँदा स्थानीय फूलमाला पुष्पगुञ्छाको प्रयोग गर्न अनुरोध गर्दै प्लाष्टिकका फूल मालाको प्रयोग, उत्पादन, आायत, बिक्री बितरण र भण्डारण नगर्न नगराउनका लागि सम्बन्धित पक्षमा आग्रह गरिएको छ प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ । कार्यपालिकाको निर्णयलाई अक्षरस कार्यान्वयन गर्न र पालना गर्ने गराउने उहाँले बताउनुभयो ।
प्लाष्टिकका फूल माला बढी भित्रिने नेपालीहरुको पर्व बिजयादशमी, दिपावली, नेपाल संवत् र छठपर्व लगायत विभिन्न मेला महोत्सव तथा अन्य सभा समारोहमा समेत प्लाष्टिकजन्य वस्तुको प्रयोग नर्गन पत्रमा सुझाईएको छ । प्लाष्टिकका फूल मालाले धेरै असर मानव र वातावरणमा पार्ने भएकाले यसको प्रयोगमा न्युनिकरणमा ध्यान दिएको हो नगरप्रमुख रमण बहादुर थापाले भन्नुभयो–साथै, नगरपालिकामा उत्पादन स्थानीय सयपत्री, गोदावरी, मखमली फूल र सो बाट बनाइएका माला प्रयोग गर्न समेत अनुरोध गरिएको छ । तिहारमा अझ फूलमाला भित्रिन सक्ने भएकोले यसमा व्यवसायीलाई समस्या नहोस् भनेर समयमा नै यो निर्णय गरेका हौं थापाले भन्नुभयो ।