2

Logo २०८३ बैशाख १४ सोमबार
आज नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणी देवीको पूजा गरिने

आज नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणी देवीको पूजा गरिने


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज १८ २०८१
981

आज आश्विन शुक्ल द्वितीया अर्थात् शारदिय नवरात्रको दोस्रो दिन । आज माता ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइदैछ । ब्रह्माको अर्थ तपस्या अर्थात् कठोर तप गर्ने भन्ने बुझिन्छ ।

देवी ब्रह्मचारिणीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नु भएको छ भने दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिनुभएकोछ । आजकै दिन ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने शास्त्रमा बताइएको छ ।’

बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो ।

जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ । देवी ब्रह्माचारिणीलाई ‘दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।’ मन्त्र जप गरी आराधना गर्ने प्रचलन रहेको छ ।

सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ। कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ।

यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ। ​नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।

कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार रहेको छ ।

देवी ब्रह्मचारिणीको पूजा गर्दा फूल, अक्षत, रोली, चंदनले पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चडाउनु पर्दछ । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेटी दिनुपर्दछ । देवीलाई प्रदक्षिणा गर्नुपर्दछ । कलश देवता पूजापछि यही प्रकारले नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताको पनि पूजा गर्नुपर्दछ  ।

ब्रह्मचारिणी मंत्र स्
या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

ब्रह्मचारिणी ध्यान स्
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम ।।
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।
परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

ब्रह्मचारिणी स्तोत्र पाठ स्
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।
शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।

ब्रह्मचारिणी कवच स्
त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी
अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो
पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी
षोडशी सदापातु नाभो गृहो च पादयो
अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com