2

Logo २०८३ बैशाख १३ आइतबार
कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा, सतर्क रहन महाशाखाको अनुरोध

कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा, सतर्क रहन महाशाखाको अनुरोध


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज १७ २०८१
1K

काठमाडौँ ।

आज कोशी, वाग्मती र गण्डकी प्रदेशका बिभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यी बाहेक अन्य ठाउँमा भने न्युन बदली मात्र रहेको र मौसम सफा रहेको छ ।

कोशी र वाग्मती प्रदेशका एक- दुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेकोले कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति कोशी, मधेश, वाग्मतीको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा कम वर्षा हुने तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

केही दिन अघि ठूलो बर्षाले तहसनहस भएको स्थानमा पुन गेग्र्यान, माटो बगाउने हुँदा सतर्क हुन मौसम बिद्को अनुरोध छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com