2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनी स्वास्थ्य: स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट

लुम्बिनी स्वास्थ्य: स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज १७ २०८१
1.5K

लुम्बिनी ।

गत आर्थिक बर्ष २०८०\८१ को कार्यसम्पादनको आधारमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय, अस्पताल तथा आयूर्वेद स्वास्थ्य कार्यालय उत्कृष्ट छनौट गरेको छ ।

प्रदेशभरका कार्यालय मध्य प्रशासन, व्यबस्थापनबाट उत्कृष्ट  सेवा पुर्‍याएका सस्था मध्य स्वास्थ्य कार्यालय तर्फ पाल्पा प्रथम भएको छ । रोल्पा द्धितिय र गुल्मी तृतीय भएको छ ।

यस्तै अस्पताल तर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतीय भएको छ । आयुर्वेद तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बिनी आयुर्वेद चिकित्सालय द्धितिय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतीय भएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिनुभयो ।‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरस पालना गर्दै सवै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ’उहाँले भन्नुभयो,‘सबै निकायविचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’

प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउनेगरी कार्यविधि संशोधनको तयारी समेत गरिएको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४ वटा अस्पताल छन् । स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका बिषयलाई समेटेर तयार पारिएको सुचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com