2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीका आधारभुत तहका शिक्षक विद्यार्थीलाई भित्ते पत्रिका प्रकाशन सम्बन्धी तालिम

निस्दीका आधारभुत तहका शिक्षक विद्यार्थीलाई भित्ते पत्रिका प्रकाशन सम्बन्धी तालिम


Sabalnews प्रकाशित मिति : सोमबार, असोज १४ २०८१
1.9K

पाल्पा ।

निस्दी गाउँपालिका पाल्पामा बालभित्ते पत्रिका प्रकाशन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । बाल प्रतिभाको उजागर संगै बाल अधिकार सम्बन्धी सचेतना जगाउन आधारभूत तहका शिक्षक र विद्यार्थीलाई एकैसाथ तालिम दिइएको हो ।

निस्दी गाउँपालिकाको आयोजनामा चलेको तालिममा निस्दी गाउँपालिका भित्रका १३ आधारभूत विद्यालयका १३ जना शिक्षक र २६ जना विद्यार्थीको सहभागीता रहेको थियो ।

बालमैत्री स्थानीय शासन सहजिकरण तथा कार्यान्वयन समितिका संयोजक एवं निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले  बालबालिकाको समस्या पहिचानमा बालबालिकाको सक्रियता महत्वपूर्ण हुने भन्दै बालभित्ते पत्रिकाले थप सहयोग गर्ने बताउनुभयो । उहाँले विद्यालय र पालिकाको कमी कमजोरीहरुको उत्थान गरी सकारात्मक सुझाव दिन अनुरोध गर्नुभयो । बालभित्ते पत्रिका प्रकाशनले व्यक्तिगत मात्र नभई विद्यालय र समाजको लागि महत्वपूर्ण टेवा दिने बताउनुभयो । संविधानले व्यवस्था गरेका बालअधिकारको बारेमा सचेतना जगाउनु स्थानीय सरकारको महत्वपूर्ण भुमिका हुने अध्यक्ष थापाले बालधिकारको प्रत्याभूति दिलाउन बालमैत्री स्थानीय शासन घोषणाको लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बालबालिकाको लेखन सिप र सृजनशिलता प्रवद्र्धन गरी जनचेतनाको माध्यमबाट सचेतना जगाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले बालअधिकारको विषयलाई बुलन्द गर्न तथा बालविवाह न्यूनिकरणमा सृजना र लेखनले सहयोग गर्ने बताउनुभयो । अधिकार र कर्तव्य पालना गर्दै अघि बढ्न बालबालिकालाई आग्रह गर्नुभयो । निस्दी गाउँपालिका शिक्षा शाखा संयोजक नर बहादुर थापाले बालभित्ते पत्रिका विद्यार्थीहरुको आवज बुलन्द गर्ने माध्यम भएको बताउँदै विद्यार्थीहरुलाई सक्रियता र जिज्ञासु बनाउने उल्लेख गर्नुभयो ।

अकला आधारभूत विद्यालयका शिक्षक गुम बहादुर बयम्बु र जनक आधारभूत विद्यालयका विद्यार्थी लक्ष्मी सिंह ठकुरीले तालिममा सिकेका कुरा विद्यालयमा लागु गर्ने प्रतिवद्धता जनाउनुभयो ।

निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुस्माखर पाण्डेले विद्यालय तहमा बालभित्ते पत्रिका प्रकाशनका लागि गत वर्ष १२ वटा माध्यमिक विद्यालयलाई तालिम दिईएको र आधारभूत तहका विद्यार्थीहरुलाई यस वर्ष तालिम प्रदान गरिरएको जानकारी दिनुभयो । बालभित्ते पत्रिकाले विद्यार्थीहरुलाई सृजनशिल बन्न र खोजी तथा अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

तालिममा पत्रकार मिलन विश्वकर्मा र इमान सिं रानाले आधारभूत पत्रकारिता संगै बालभित्ते पत्रिका निर्माण र प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो ।  कार्यक्रमको सञ्चालन निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुस्माखर पाण्डेले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com