2

Logo २०८३ बैशाख १४ सोमबार
बैंकसम्म आउन नसक्नेलाई बगनासकालीले वडातहबाटै सामाजिक सुरक्षा भत्ता दिने

बैंकसम्म आउन नसक्नेलाई बगनासकालीले वडातहबाटै सामाजिक सुरक्षा भत्ता दिने


Sabalnews प्रकाशित मिति : सोमबार, असोज १४ २०८१
1K

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिकाले बैंकसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

नेपालबैंक पाल्पाशाखासँगको समन्वयमा गाउँपालिकाले असोज १४ गतदेखि २३ गतेसम्म वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । गाउँपालिकाले नेपालबैंक सँगको समन्वयमा ८ वटा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । वडा नं. १ चिर्तुङ्गधाराको सामाजिक सुरक्षा भत्ता नेपाल बैंक चिर्तुङ्गधारा, काउण्टरबाट वितरण गरिने गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

गाउँपालिकाले वडास्तरमा सहज र सरल सेवा प्रवाह गर्ने उद्देश्यले जेष्ठ, असहाय र अपाङ्गता भएकाहरूको लागि सेवा प्रवाह गर्न लागेको अध्यक्ष चिदीको भनाई छ । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकका अनुसार असोज १४ गते ७ नम्बर वडा कार्यालय खानीगाउँ, १५ गते ६ नम्बवर वडा कार्यालयको गुँगा मा.वि. १६ गते ६ नम्बर वडा कार्यालयकै सीता मा.वि.बाट बैंकसँगको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । यस्तै असोज १८ गते ५ नम्बर वडा कार्यालय दर्लमडाडाँ, १९ गते ८ नम्बर वडा कार्यालय बराङ्दी, २० गते ४ नम्बर वडा कार्यालय खानीछाप, २१ गते ३ नम्बर वडा कार्यालय आर्यभञ्ज्याङ्ग, २२ गते २ नम्बर वडा कार्यालय पोखराथोक र २३ गते ९ नम्बर वडा कार्यालय चापपानी लिधिनडाडाँमा भत्ता वितरण गरिने छ ।

बगनासकाली गाउँपालिकाभरमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल जेष्ठ, विधवा आर्थिक सहायता, क वर्ग अपाङ्गता, ख वर्ग अपाङ्गता र दलित बालपोषण गरी ३ हजार १ सय ४४ जना सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राहीको खातामा ३ करोड १४ लाख ५३ हजार ४ सय ११ रुपैंया सामाजिक सुरक्षा भत्ता रकम जम्मा भइसकेको पालिकाले जनाएको छ ।

चाडपर्वलाई मध्यनजग गरी जिल्लामै सवैभन्दा पहिला प्रथम सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com