2

Logo २०८३ बैशाख १३ आइतबार
बङ्गलादेश कार्यक्रममा सहभागी हुने जुम्ल्याहा दाजुबहिनीको सपना झ्याप्लेखोलामा अस्तायो

बङ्गलादेश कार्यक्रममा सहभागी हुने जुम्ल्याहा दाजुबहिनीको सपना झ्याप्लेखोलामा अस्तायो


Sabalnews प्रकाशित मिति : आइतबार, असोज १३ २०८१
2.9K

बुटवल ।

कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराईको बङलादेेेश कार्यक्रममा सहभागी हुने सपना झ्याप्लेेेेेखोलाको पहिरोले तुहाएको छ ।

अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिदै थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने कार्यक्रम जाँदै गरेका उनीहरु सवार गाडी शुक्रबारको पहिरो सहितको लेदोले पुरेको छ ।

अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए । बिद्यालयले बिदा दिएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका थिए ।

शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा काठमाडौं जान चढे ।

लगातारको वर्षाले जनजीवन प्रभावित बनिरहँदा उनीहरू भने ठूलो भविष्यको सपना देख्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनीहरू सवार माइक्रो (विङ्गर) धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो ।

गाडी पुरिँदा जुम्ल्याहा दाजु-बहिनी दीपेश–दीपिका र आमा सीता भट्टराई सँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको पहिचान भइसकेको छ । दीपिकाको अवस्था पहिचान भइसकेको छैन ।

नागढुंगा प्रहरी प्रभागका अनुसार सबै मृतकहरूको पहिचान खुलिसकेको छैन । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दीपेश-दीपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।

अर्काको मुलुकमा रहेका होमनाथलाई आफ्नो सम्पूर्ण परिवार गुमाएर फर्किन निकै गाह्रो भएको पाण्डेयले बताए । ‘शव सनाखतका लागि काठमाडौं जानुपर्ने । न सडकबाट न प्लेनबाट जाने अवस्था छ,’ उनी भन्छन् ।

होमनाथको घर स्याङ्जाको गल्याङ नगरपालिका ३ हो । उनका १५ वर्षीय छोराछोरी दीपेश र दीपिका बुटवलको कालिका माविमा पढ्दै आएका थिए । आमा सीता उनीहरूसँगै बस्थिन् ।

विद्यालयका प्राचार्य दिनेश थापाले कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईई दिने उत्कृष्ट विद्यार्थी भएको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु१ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com