2

Logo २०८३ बैशाख १४ सोमबार
आँखुखोला जलविद्युत् कम्पनीको शेयर बिक्रीमा

आँखुखोला जलविद्युत् कम्पनीको शेयर बिक्रीमा


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
1.7K

काठमाडौं ।

आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर लिलामी बिक्रीमा खुलेको छ ।

शुक्रबारदेखि कम्पनीको सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिने जनाएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकका अनुसार असोज २० गतेसम्म आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १९५ रुपैयाँ छ ।

सार्वजनिक सूचना जारी गर्दै न्यूनतम १०० कित्ता तथा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नबिल इन्भेस्टमेन्ट बैंकको नक्साल कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, पोखरा (लेकसाइड), नेपालगञ्ज, सुर्खेत (बराहताल) तथा धनगढी शाखाबाट आवेदन दिन पाइनेछ ।

आवेदनको फारम तिनै कार्यालय मार्फत १ सय रुपैयाँ तिरेर लिन सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com