2

Logo २०८३ बैशाख १३ आइतबार
संविधान दिवस: लुम्बिनीमा नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान

संविधान दिवस: लुम्बिनीमा नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज ३ २०८१
2.5K

दाङ ।

लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ ।

स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समाराेहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण गरेकाे स्वास्थ्यमन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयाे ।

संविधान दिवसकाे अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा आज एक दिनकाे लागि नि:शुल्क ल्याव परिक्षण, ओपिडि शुल्क समेत नि:शुल्क गरिएको छ । मुल समाराेहकाे अवसरमा व्लड प्रेसर, सुगर लगायत एक सय ५० जनाकाे स्वास्थ्य जाँच गरिएको छ ।

यस्तै लमही रक्तसञ्चार केन्द्र संगकाे सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ पाेइन्ट रगत संकलन भएको थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com