2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली काङ्ग्रेस रामपुरको घुम्ती बैठक वडा नम्बर ५ मा सम्पन्न

नेपाली काङ्ग्रेस रामपुरको घुम्ती बैठक वडा नम्बर ५ मा सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ३१ २०८१
1.8K

नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिको नियमित घुम्ती बैठक वडा नम्बर ५ मा बसेको छ । नेपाली काँग्रेस रामपुर नगर कार्य समितिको आयोजना र वडा कार्य समिति वडा नं.५ को समन्वयमा स्वर्गिय विजयराज घिमिरेको दोस्रो स्मृति दिवस पारेर कार्यकर्ता संग अन्तरक्रिया सहितको बैठक होटेल नमस्ते पाल्पामा बसेको हो ।

बैठकमा बोल्ने बक्ताहरुले पार्टीलाई अझ सशक्त बनाएर  अगाडी बढ्ने बताएका छन् । संगठनलाई चलायमान बनाउन र कमीकमजोरी सुधार्नका लागि हरेक नेता कार्यकर्ताले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नु पर्नेमा सहभागीले जोड दिएका छन् ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुमाया ढकालले पार्टीलाई मजवुद बनाउनका लागि सबै नेता कार्यकर्ता र जनप्रतिनिधि विच समन्वय र सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । साथै संगठन भित्रका कमिकमजोरीलाई आन्तरिक छलफलको माध्यमबाट टुंग्याएर अगाडी बढ्नु पर्ने उहाँको भनाई थियो ।

बैठकमा सहभागिहरुको जवाफ दिंदै नेपाली काँग्रेसका यस्तै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सम्मेलन प्रतिनिधि तथा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले हरेक जनताको आवश्यकतालाई ध्यानमा राखेर आर्थिक समृद्धि संगै नगरको विकासका लागि रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस वडा नं.५ का सभापति दुर्गा प्रसाद पोखरेलले वडाको समुन्नतिका लागि गरेका विभिन्न कामको बारेमा जानकारी गराउँदै विकासमा सबैले साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पिछडिएको वर्ग समन्वय विभागका केन्द्रिय सदस्य अर्जुन प्रसाद रेग्मीले स्वर्गिय विजयराज घिमिरेको जिवनी र पार्टीका लागि पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै एक ढिक्का भएर संगठनलाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले समग्र नगर कार्यसमितिलाई मजबुद बनाउनका लागि हरेक संघ संगठनलाई चलायमान बनाई तहगत संरचनामा रहेका पार्टिका प्रतिनिधि तथा जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूर्ण पालना गर्न आवश्यक रहेको बताउनुभयो। बैठकले रामपुर नगरपालिकाले यस आर्थिक वर्षका लागि बजेट विनियोजन गरेका योजना पूर्ण रुपमा कार्यान्वयन गर्न सहयोग गर्ने, रामपुरको विकास र समृद्धिका लागि पार्टिको तर्फबाट विज्ञहरुको गोष्ठी राखेर सम्भाव्यता अध्ययन तथा राय सल्लाह लिने साथै पार्टीको आगामी घुम्ति बैठक रामपुर नगरपालिका वडा नं.८ मा असोज १७ गते राख्ने निर्णय गरेको छ ।

यस्तै बैठकका अवसरमा नेपाली काँग्रेस रामपुर नगर कार्य समितिले स्थापना गरेको “विपि स्मृति अक्षयकोषका” लागि १ लाख रुपैयाँ रकम घोषणा भएको छ । अक्षयकोषका लागि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हजिल दिन मियाँले ५० हजार रुपैयाँ र नेपाली काँग्रेस रामपुरका कोषाध्यक्ष मोहन भट्टराईले स्वर्गिय वुवा प्रजातन्त्र सेनानी बोधराज भट्टराईको स्मृतिमा ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको बैठक उपसभापति ज्ञान प्रसाद भण्डारीको स्वागत, उपसभापति देव बहादुर थापा मश्राङ्गीको धन्यवाद ज्ञापन र सचिव ओम प्रकाश बश्यालको सचालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com