महिला समन्वय समिति रम्भाको गठन
पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिकामा पालिका स्तरीय महिला समन्वय समिति गठन भएको छ ।
सोमबार बसेको महिलाहरुको भेलाले कुविजा बस्यालको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको छ । पालिकाका सबै वडाका महिलाहरुको प्रतिनिधित्व हुने गरि समिति चयन गरेको हो ।
समितिको सचिवमा शान्ति पराजुली, सहसचिवमा सञ्जु पाडे, कोषाध्यक्षमा जानकी श्रेष्ठ, सदस्यहरुमा यामकुमारी सोमै, कविता परियार, शान्ता न्यौपाने, यमुना सोमै, नारायणी खनाल र लक्ष्मी गाहा रहनुभएको सुधा यौपानेले जानकारी दिनुभयो ।
नवगठित समितिले उपाध्यक्ष र थप २ सदस्यीय सदस्य पछि मनोनयन गर्ने जनाएको छ ।