2

Logo २०८३ बैशाख १३ आइतबार
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र ३० २०८१
1.7K

सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका थिए ।

आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। सोही बमोजिम मन्त्रिपरिषद्ले स्थानीय तहको उपनिर्वाचनबारे निर्णय गरेको हो । हाल ३ पालिकाका प्रमुखसहित ३९ पद रिक्त छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com